Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवौं खेलकुदको उद्घाटन आज हुँदै 


    शुक्रबार, असोज २८ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन पोखरा रंगशालामा आज हुँदै छ । रंगशाला श्रृंगार्ने काम सकिएको छ भने आतिसबाजीको तयारी पनि भैरहेको छ । पूर्वसन्ध्यामा बिहीबार साँझ पनि आतिसबाजी गरिएको थियो ।

    राष्ट्रपति भण्डारी अस्वस्थ भएका कारण उपराष्ट्रपति नन्दबहादुर पुनले आज औपचारिक उद्घाटन गर्ने छन् ।

    गण्डकी प्रदेशमा ४० वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद पोखरामा भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार