Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले पहिरोपीडितलाई भेटे 


    बिहिबार, असोज २७ २०७९
    735
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । यस वर्षको भारी वर्षाले देशभर तहल्का पिटेको छ। देशभर बाढी र पहिरोले धेरै मानवीयदेखि धनजनको क्षति भएको छ। पहिरोले बढी क्षति भएको जिल्लाका दुई स्थान माण्डवी गाउँपालिका–२ धनचौर र ऐरावती गाउँपालिका–४ तिग्रापातालको बस्तीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ । 

    ख्यमन्त्री कुलबहादुर केसीसहितको टोलीले माण्डवी गाउँपालिका–२ को पुकरुक, धनचौर बस्तीमा पुगेर विस्थापित परिवारलाई भेट गरेका हुन्। 

    घटनास्थलको अवलोकन पछि मुख्यमन्त्री केसीले पहिरो गएको ठाउँको भौगोलिक अवस्थाबारे भूगर्भविद्लाई ल्याएर अध्ययन गरिने बताए। त्यस स्थानमा बस्न मिल्ने / नमिल्ने अध्ययन गर्नुपर्ने उनको भनाई छ । त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने पनि उनले दाबी गरे। 

    घटनास्थलमा पुग्नुभएका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले पहिरोपीडित तथा विस्थापितलाई स्थानीय सरकारसँगै प्रदेश सरकारले थप राहत उपलब्ध गराउने बताए। 

    आइतबार गएको पहिरोले धनचौरमा आठ घर पूर्ण रूपमा क्षति भएका छन् । ४९ घर पहिरोका कारण विस्थापित भएका छन् ।

    आज बिहान मुख्यमन्त्री केसीले ऐरावती–४ तिग्रापातलको बस्तीमा पुगेर अवस्था बुझ्नुको साथै पहिरोबाट विस्थापित परिवारसँग भेट गरेका हुन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार