Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कप्तान सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो आदेश 


    बिहिबार, असोज २७ २०७९
    1.8K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नाबालिग किशोरी बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ५ दिन हिरासतमा राख्न आदेश जारी गरेको छ।

    जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो तर बयान दिने क्रम आधा मात्र सकिएको भन्दै थप ७ दिन म्याद थपिएको जनाईएको छ। लामिछाने छानविनकालागि केहि दिनदेखि हिरासतमा रहेका छन्। 

    असोज २० गते बिहीवार कतारको दोहाबाट बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका लामिछानेलाई ओर्लिनसाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    आज बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । ‘बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ’ सन्दीपका वकिलहरुले भनेका थिए ।

    तर अदालतले भने ५ दिन आझै म्याद थपेको छ । 

    गत भदौ ५ गते १७ वर्षीय किशोरीले आफूमाथि पटक पटक करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी दिएकी थिईन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार