Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  बारामा एकै परिवारका ३ सदस्य मृत फेला 


    बुधबार, असोज २६ २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाराको प्रसौनी गाउँपालिका–५ मा एकै परिवारका ३ जना सदस्य मृत अवस्थामा भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएका हुन्। 

    जिल्लाको प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। 

    ढोरा खोला किनार उक्त शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाको कारण भने अहिले खुलेको छैन। 

     यस घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार