काठमाडौँ। बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने जिपमा सवार ३ जना यात्रु घाइते भएका छन ।
मृत्यु हुनेमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडा रहेका छन्।
काठमाण्डौ आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रीत भएर पल्टिदा चालक सहित ४ जना घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो ।