Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नरहरि आचार्यले दिए प्रदिप पौडेललाई जितको लागि अग्रिम शुभकामना


    बुधबार, असोज २६ २०७९
    965
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेललाई नेता नरहरि आचार्यले जितको लागि अग्रिम शुभकामना दिएका छन्। आगामी निर्वाचनमा काठमाडौं-५ बाट उम्मेदवार बनेका प्रदिप पौडेलले सोही क्षेत्रका पार्टीबाट सांसद भैसकेका बौद्धिक नेता नरहरि आचार्यसँग भेटको क्रममा आचार्यले शुभकामना दिएका हुन्। 

    सो भेटको क्रममा नेता आचार्यले काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरिक विवेकशील , निष्ठावान र सचेत रहेको उल्लेख गर्दै परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित उक्त क्षेत्रका बासिन्दाले पौडेललाई नेतृत्व सुम्पने छन् भन्ने कुरामा विश्वस्त रहेको बताएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार