Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  भीम रावलले भोलि पत्रकार सम्मेलन गर्दै 


    बुधबार, असोज २६ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभामा निर्वाचनमा टिकट नपाएपछि उक्त विषयमा आफ्नो आधिकारिक धारणा व्यक्त गर्न पत्रकार सम्मेलन गर्ने भएका छन्।  

    “आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा अछाम–१ का लागि वडा कमिटीदेखि सुदुरपश्चिम कमिटीले रावलको एकल नाम सिफारिस गरेर पठाएपनि केन्द्रले भने रावलको नाम काटेको थियो । केन्द्रबाट अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका झपट बोहोरालाई टिकट दिएका थिए । अछाम क्षेत्र नम्बर १ मा एमालेले झपट बोहोरालाई उमेदवार बनाएको छ ।

    टिकट नदिएको यस विषयमा उनले उचित समयपछि बोल्ने बताउँदै आएका थिए । पार्टीमा ओली र रावलबीच चर्काे मतभेद हुँदै आइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार