Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बझाङमा स्वतन्त्र उम्मेदवारी दिएका सबै बागीको उम्मेदवारी फिर्ता


    बुधबार, असोज २६ २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने अर्थात् सत्ता गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका बझाङका पाँच जना बागी उम्मेदवारहरूले आफ्नो मनोनयन फिर्ता लिएका छन् । 

    प्रतिनिधिसभातर्फ गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काङग्रेसका पूर्वसभापति हर्कजङ बहादुर सिंह र नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

    गठबन्धनले कांग्रेस बचाउने सर्तमा आफूले उम्मेदवारी फिर्ता लिएको सिंहले बताएका छन् भने धामीले एमालेका उम्मेदवार ऐन महरलाई समर्थन गर्दै मनोनयन फिर्ता गरेका छन् ।

    यस्तै, बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काङग्रेसका जगतप्रशाद जोशीले पनि मनोनयन फिर्ता लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार