Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवन– ३ मा एमालेले उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गर्ने


    बुधबार, असोज २६ २०७९
    890
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिँदै कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई सहयोग गर्ने भएको छ । 

    चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका थिए ।

    उनको उम्मेदवारी फिर्ता लिनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ  । 

    कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले भने आफूलाई एमालेले समर्थन गर्ने भएको र एमालेको समर्थनमा आफू उम्मेदवार भएको बताएका छन् ।

    चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन्।

    यो क्षेत्रमा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी मैदानमा उत्रिने तयारीमा थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार