Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपतिले गर्ने


    बुधबार, असोज २६ २०७९
    665
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएपछि शुक्रबार गण्डकी प्रदेशमा सुरु हुँदै गरेको नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । खोकी र ज्वरोको समस्या देखिएपछि राष्ट्रपति भण्डारीलाई असोज २२ गतेबाट त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उक्त परीक्षणको क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । 

    यस्तै, मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को तर्फबाट उपाध्यक्ष शिव कोइरालासहितको टोलीले भेटेर दिएको निम्तो उपराष्ट्रपति पुनले स्वीकार गरेका छन् ।

    नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकीका ८ जिल्लामा हुँदैछ । अधिकांश खेलहरु पोखरामै हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्ने भएपछि उद्घाटनमा उनीभन्दा उपल्लो वरियताको व्यक्तित्व ल्याउने अभ्यासअनुसार उपराष्ट्रपतिलाई निम्त्याइएको राखेप उपाध्यक्ष कोइरालाले बताए ।

    नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । पुरुष क्रिकेट प्रतियोगिता भदौमै सम्पन्न भइसकेको छ भने असोज २३ गतेदेखि केही खेलहरु सुरु भइसकेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार