काठमाडौँ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा मंगलबार राति पहिरो जाँदा उक्त सडक पूर्ण रुपमा अवरूद्ध भएको छ ।
उक्त सडक पूर्ण रुपले अवरूद्ध हुँदा सवारीसाधन लगायत यात्रुहरु अलपत्र परेका छन्।
सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।