Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य बढ्यो, चाँदीको कति ?


    बुधबार, असोज २६ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ।नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

    मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपैयाँ कायम भएको छ। 

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार