Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज नेप्से १६.०६ अंकले घट्यो


    मंगलबार, असोज २५ २०७९
    625
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । दसैँपछि आइतबारदेखि कारोबार सुरु भएको नेप्समा साताको तोस्रो कारोबार दिन आज पनि गिरावट आएको हो ।

    यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । सोमबार २७.१६ अंकले ओरालो लागेको नेप्से मंगलबार १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा कायम रहेको छ। 

    आज २२९ कम्पनीका १२ हजार २९४ कारोबारमा ५५ करोड २८ लाख ९ हजार ९८४ रुपैयाँको १७ लाख ६८ हजार ६९२ कित्ता सेयर किनबेच भएको छ । 

    यस्तै, ट्रेडिङ, होटल र लगानी समूहका सूचकहरुमा सुधार भएको छ भने बाँकी समूहका सूचक घटेका छन् । ३ करोड १० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्याेरेन्स र हिमालयन पावर पार्टनर परेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार