काठमाडौं । असोज २१ गते बाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘दुई नम्बरी’ ले व्यावसायिक सफलता हात परिरहेको छ। चलचित्र प्रस्तुतकर्ता किरण नेपालीका अनुसार प्रदर्शनको दुई दिनमा ग्रस कलेक्सन दुई करोड रुपैयाँभन्दा बढी छ ।
उक्त चलचित्रको लेखन तथा निर्देशनसँगै समीक्षासमेत गरेका दीपेन्द्र लामा भन्छ, “चलचित्रले मित्रताको कथा भन्छ । उनीहरुको सम्बन्धमा आउने उतारचढावमार्फत गम्भीर विषयलाई प्रस्तुत गरेका छौँ।”
चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन अहिले मनोरन्जनात्मक चलचित्र दर्शकले रुचाएको बताएका छन्।