काठमाडौं। नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाह र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटघाट भएको छ।
आज मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार पाकिस्तानका राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फर्कनुअघि प्रधानसेनापतिसँग बिदाई भेट गरेका हुन् ।
भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिएका थिए ।