काठमाडाैं। आज (मंगलबार) बलिउड महानायक अमिताभ बच्चनको ८० औं जन्मदिन रहेकाले बच्चनले आज आफ्नो जन्मदिन मनाउँदै छन् ।
यो अवसरमा उनलाई भारतबाट मात्र होइन, नेपालसहित विश्वभरबाट जन्मदिनको शुभकामना मिलिरहेको छ । विश्व युद्ध चलिरहेको अवस्था र ‘भारत छोडो आन्दोलन’ चर्किरहेको समयमा उनको जन्म भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले चर्चा गरेका छन् ।
उनले सात हिन्दुस्तानी नामको चलचित्रमा डेब्यु गरेका थिए भने ८० वर्षको उमेरमा ब्रह्मास्त्र र गुडबाईमा मुख्य भूमिका निभाएका छन् ।
जिन्दगीको ८ औं दशकमा पनि अमिताभ सक्रिय र स्वस्थ देखिन्छन् ।
यस्तै, ११० वर्ष पूरानो भारतीय सिनेमा इतिहासमा ५० वर्ष त अमिताभले नै योगदान गरेका छन् ।
बलिउडका यी शताब्दी ‘महानायक’ बच्चन आज (मंगलबार)देखि ८० वर्षको उमेरमा प्रवेश छन् ।