Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  करेन्ट लागेर दुई जनाको मृत्यु 


    मंगलबार, असोज २५ २०७९
    520
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डाै। पर्सामा घर प्लास्टर र घरको छाना सफा गर्ने क्रममा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का रामकिशोर प्रसाद कुर्मीको घरमा प्लास्टर गर्ने क्रममा विद्युतको पोलको तारमा छोएर करेन्ट लाग्दा धोबिनी गाउँपालिका-३ का सैफुल्ला अन्सारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा विद्युतकाे तारमा छुन गइ करेन्ट लागेर वीरगञ्ज-९ का ध्रुवप्रसाद शाहको ज्यान गएको प्रहरीले जनाएको छ । यी दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार