Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेमा २७.१६ अंकले गिरावट, काराेबार रकम कति ?


    सोमबार, असोज २४ २०७९
    775
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन आज सोमबार सेयर बजारमा गिरावट आएको छ। अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सोमबार भने  २७.१६ अंकले घटेर १८ सय ७१ दशमलव २२ अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय ३३ वटा कम्पनीहरुको १७ हजार आठ सय ७६ पटकको कारोबारमा ३१ लाख ५५ हजार छ सय ९५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज ९७ करोड १७ लाख ६७ हजार सात सय १४ रुपैंयाँको सेयर किनबेच भएको छ । 

    नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् ।

    यसैगरी आज अभियान लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया ग्रोथ फण्ड, बलेफी हाईड्रो पावर लिमिटेड आदिले कमाएका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, गरिमा डिवेञ्चर २०८५, बिन्दवासिनी हाईड्रो पावर लिमिटेड, गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स, पोखरा फाईनान्स आदिले गुमाएका छन् । आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, गोर्खाज फाईनान्स आदिले भने आज बढी रकम कारोबार गरेका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार