काठमाडौं । चर्चित बलिउड अभिनेत्री भाग्यश्री काठमाडौं आइपुगेकी छन् । सलमान खान स्टारर सन् १९८९ को चर्चित बलिउड फिल्म ‘मैंने प्यार किया’ बाटै भाग्यश्री फिल्म क्षेत्रमा चम्किएकी हुन्।
आइतबार बेलुका भारतबाट नेपाल एयरलाइन्सको विमानबाट उनी काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी थिइन् ।
विमानस्थलमा उनलाई विमान कर्मचारीहरुले स्वागत गरेका थिए । उनको नेपाल आगमनबारे केही खुलाइएको छैन । यद्यपि, उनी निजी कार्यक्रमको सिलसिलामा आएको अनुमान छ ।