काठमाण्डौ। एक नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीवार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज सोमबार जिल्ला अदालत काठमाण्डाैमा उपस्थित गराइएको छ ।
गत बिहीवार आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो ।
लामिछाने पक्राउ परेपछि वडा दसैँका कारण लगातार सार्वजनिक बिदा परेकाले उनलाई अदालतमा उपस्थित गराइएको थिएन ।
गएको बिहीवार बिहान कतार एयरवेजको विमानबाट उत्रिएका लामिछानेलाई सो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो।
गएको भदौ २१ गते सन्दीपविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी हुन् ।