Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभिनेत्री रेखा थापाले उम्मेदवारी दर्तापछि भनिन्- युवाले गरेको यो विद्रोह हो


    आइतबार, असोज २३ २०७९
    560
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी चिर्चित अभिनेत्री अर्थात् राप्रपाकी नेतृ रेखा थापाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

    आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् । 

    यस्तै, उम्मेदवारी दर्तापछि रेखा थापाले आफ्नो फेसबुकमा लेखेकी छन् (जस्ताको तेस्तै):

    मेरो राजनितीक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागी , विगत ३० बर्ष देखि संसदमा पुगेका  दलका नेताहरुले मोरङबासीकालागी गरेको काम हेर्दा , समाजले एउटा नेतृत्व वाट गर्ने अपेक्षा  र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताकाखातिर युवाले गरेको विद्रोह हो ।अब  पनि हामी नबोले, आमीले आवाज नउठाए कस्ले उठाउछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नो समाजकोलागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुदाहुदै पनि पछि परिेका छौ त ?  यस्तै तमाम समस्याले गर्दा मैले , मोर क्षेत्र नै ३ वाट यूवा विद्रोहको रुपमा उमेद्वारी दिएकी छु ।  रंगमन्चको पर्दामा रेखाथापाको जुन खालको योगदान थियो अब नेपाली समाजको , मोरबासीको , आमाहरु अनि छोरीहरुका लागी विशेष योजना सहित  विशेष काम गर्ने छु ।

    यसपटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक  जनतालाई झुट कोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफुलाई उभ्याउने छु ।  यसपटक मोरङले राजनीतिक  उच्च चेतना  प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर  गतिलो जवाफ दिनेछन  भन्ने विश्वासका साथ संसदिय इतिहाँसमा मोरङले  परिर्वतनका लागी विद्रोह गदैछ , त्यो चेतनशिल  विद्रोहमा सम्पुर्ण आमा बुबा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्ने छु । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार