काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोवल कोरोना ९कोभिड–१९० भाइरसको शंका लागेका बिरामीको उपचारमा संलग्न चिकित्सकहरूलाई सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउन आदेश दिएको छ । आशंकित बिरामीको उपचारपछि घर फर्किँदा बालबालिका, ज्येष्ठ नागरिकमा जोखिम बढ्ने भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
उपचारपछि घर जान नचाहने चिकित्सकहरूका लागि छुट्टै आवासको व्यवस्था गर्नुपर्ने निर्देशन मन्त्रालयले दिएको हो ।
निर्णयमा भनिएको छ, ‘कोभिड–१९ का शंकास्पद बिरामीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू घर जाँदा घरमा रहेका बृद्धबृद्धा तथा केटाकेहरूमा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीहरूले चाहेमा निजहरूलाई सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउने ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई २० हजार स्याम्पल टेस्टका लागि तयारी अवस्थामा राख्ने मन्त्रालयको निर्णय छ ।