काठमाडौँ। भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् ।
अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने निश्चित भएको हो ।
दक्षिण अफ्रिकाबिरुद्द टिम बाहिर रहेका बुमराहलाई बीसीसीआई गुमाउन चाहदैन थियो ।
उक्त विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।