Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु


    शुक्रबार, असोज १४ २०७९
    610
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ललितपुरको हरिसिद्धिमा हिजो साँझ ट्याङकरको ठक्करबाट ज्यान गुमाएका  अन्दाजी २५ वर्षीय युवकको सनाखत हुन भने बाँकी रहेको छ ।

    हात्तीवनबाट गोदावारीतर्फ जाँदै गरेको ना ४ ख ३१२९ नम्बरको ट्याङकरले पैदल हिडिरहेका उनलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो ।

    गम्भीर घाइते भएका युवकको उपचारका क्रममा पाटन अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको हो । ट्याङकर सहित चालकलाई प्रहरी वित्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार