Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अब सवारी चालक अनुमतिपत्र लिन ७० अंक ल्याए ‘ट्रायल पास’


    बिहिबार, असोज १३ २०७९
    700
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि ट्राइल पास हुने व्यवस्था गरेको छ ।  मोटरसाइकल,स्कुटर,कार,जिपका चालकले अनुमतिपत्र लिन मात्र ७० प्रतिशतर ल्यएपछि पास हुने व्यवस्था गरिएको हो । 

    कार्यालयले ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको यातायात व्यवस्था कार्यालय लाहान प्रमुख कुशेश्वर साहले बताए । ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि चालक अनुमतिपत्र लिनेहरूको संख्या ह्वातै बढेको उनकाे भनाइ छ । 

    यो नयाँ प्रणाली लागू भइसकेपछि अनुमतिपत्र लिनेहरूका लागि यसले एउटा अवसरकै रूप दिएको र अब निर्धक्कताका साथ दुईपांग्रे र चारपांग्रे गाडीको अनुमतिपत्र आवेदन दिन कार्यालय प्रमुख साहले आग्रह गरेका छन् ।

    यातायात व्यवस्था विभागले १ जेठ ०७८ देखि लागू हुने गरी दुईपांग्रे र चारपांग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने कार्यविधि पास गरेको थियो । विभागले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् १०० पूर्णांकमा १०० नै ल्याउनुपर्ने व्यवस्था हटाउँदै सामान्य त्रुटि भए पास हुने कार्यविधि बनाएको छ । 

    यस्तै एकपटक फर्म भरेपछि तीनपटकसम्म ट्रायल दिन सकिन्छ ।

    अंक घट्ने अवस्था :
     
    एकपटक अंकित रेखा छोएको ५ अंक, एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक, टर्निङ इन्डिकेटर लाइट नबालेको १० अंक, ट्राफिक संकेत पालना नगरेको १५ अंक, एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक, एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ अंक, सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरू सामान्य निरीक्षण नगरेको ३ अंक, हेलमेट लक नलगाई सवारी चलाएको ४ अंक, अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएको ३ अंक

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार