Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साबा महिला च्याम्पियनसिप: माल्दिभ्सलाई हराएर श्रीलंकाले जित्यो उपाधि


    बिहिबार, असोज १३ २०७९
    570
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। माल्दिभ्समा जारी रहेको साबा महिला बास्केटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले हात पारेको छ । मालेमा बुधबार राति माल्दिभ्सलाई ७२–५९ ले हराएर श्रीलंकाले उपाधि जितेको हो । श्रीलंकाले उपाधि जित्दा नेपाल च्याम्पियनसिपमा फेरि उपविजेता बनेको छ । 

    माल्दिभ्सलाई पराजित गरेसंगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो । योसँगै नेपाल दोस्रो पटक उपविजेता बनेको हो । अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो ।  जुन हारले नेपाललाई उपाधिबाट बन्चित गरायो। 

    नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५–४९ ले हराएको थियो । तेस्रो खेलमा बुधबार भुटानमाथि ३५–२६ को जितसहित नेपालले यस पटक च्याम्पियन बन्ने सम्भावना जीवित राखेको थियो।

    तर श्रीलंकाले माल्दिभ्सलाई हराएसँगै नेपालको च्याम्पियन बन्ने लक्ष्यले पूर्णता पाएन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार