Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दसैँ बिदामा सर्वोच्च अदालत ११ देखि ३ बजेसम्म खुल्ला हुने 


    बुधबार, असोज १२ २०७९
    995
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि खुला रहने भएको छ। अदालत बिहान ११ देखि अपराह्न ३ बजेसम्म खुल्ला रहने भएको हो। 

    दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताएका छन्। 

    त्यस्तै, न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार