Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समान न्यायको माग गर्दै सानेपामा कांग्रेस कोइराला पक्षको धर्ना


    बुधबार, असोज १२ २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको शेखर कोइराला समूहले समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । कोइराला पक्षले समान अवसर र न्यायको माग गर्दै बुधबार १२ बजेदेखि धर्ना दिएको हो । 

    पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरु धर्ना कार्यक्रममा सामेल थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ ।

    शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरिक छलफल पनि गरिरहेको छ । 

    समानुपातिक बन्दसूची नसच्चिए आसन्न निर्वाचन बहिस्कारसम्म गर्ने कोइराला पक्षको चेतावनी छ ।

    shekhar-koirala-fraction-dharna-4.jpg
    undefined
    shekhar-koirala-fraction-dharna-3.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार