Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाल यौन दुरूपयोग गरेको अभियोगमा एक पुरुष पक्राउ


    बुधबार, असोज १२ २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। मोरङमा सात वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा  प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    मादक पदार्थ सेवन गरेका बिशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । 

    उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार