Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नबिल र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता, ग्राहकहरुलाई १२ प्रतिशत छुट


    बुधबार, असोज १२ २०७९
    455
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच  ग्राहकहरुले १२ प्रतिशतसम्म छुट पाउने गरी सम्झौता भएको छ। 

    नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा कम्तिमा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको बैंकले जनाएको छ। नबिलका ग्राहकले ओपीडी र आईपीडी सेवा लिँदा यो सुविधा पाउने भएका हुन् । 

    नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरका तर्फबाट अनस अब्दुल वाजिद, वरिष्ठ निर्देशक-मुख्य बिक्री र मार्केटिङ अधिकृतले संयुक्त रुपमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ।

    कार्यक्रममा वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाबाट जटिल रोगहरु जस्तै– मिर्गौला, लिभर, बोनम्यारोको प्रत्यारोपन, मुटुको शल्यक्रिया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताले पाउने सेवाप्रति ढुक्क हुन आग्रह गरे । 

    नबिलले उक्त कार्यक्रममा ‘दक्षिण एसियामा उदयमान स्वास्थ्य समस्याहरु’ विषयक छलफल गराएको थियो । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक र क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन र डा. सन्दीप बुद्धिराजा, वरिष्ठ चिकित्सक–इन्स्टिच्युट अफ इन्टरनल मेडिसिन, म्याक्स हेल्थ केयर इण्डियाले प्यानलमा बोल्दै दक्षिण एसियाको स्वास्थ्यको अवस्थामा सुधार गर्न मानिसहरु सजग रहनु जरुरी रहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार