Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  आफ्नै श्रीमतीको सिलौटाले छातीतमा प्रहार गरी हत्या 


    मंगलबार, असोज ११ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। धनुषामा सिलौटाले छातीतमा प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। 

    आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

    मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

    उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार