Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिजी मलले ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना सुरु गर्यो 


    मंगलबार, असोज ११ २०७९
    570
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार, योजना सुरु गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्ष उपहार पाउन सक्ने मलले जनाएको छ ।

    असोज ६ गतेदेखि सुरु भएको यमाहा फ्यान्टास्टिक दशैं तिहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । 

    चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । उपहार योजनामा सहभागी हुन ग्राहकले बिजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहारको घोषणा प्रदान गरिने गिरीले जानकारी दिए ।

    बम्पर उपहारमा गोलाप्रथाबाट एक जनालाई यामाहाको १२५ सीसीको रेजर स्कुटर प्रदान गरिने मेला संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । यस्तै साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेशिन, ग्यास एण्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकर लगायतका सामानहरु उपहारको रुपमा पाउन सक्नेछन । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार