काठमाडौं । माल्दिभ्समा जारी रहेको महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । श्रीलंकाले भने भुटानलाई ९८–३३ ले सहजै हराएको थियो ।
काठमाडौंमा सम्पन्न साबा महिला च्याम्पियनसिपको पहिलो संस्करणमा नेपाल श्रीलंकासँग ७५–४९ को स्कोरमा पराजित भएको थियो । पहिलो जितको खोजीमा रहेको नेपालका लागि श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ ।
नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार आज राति ९ः१५ बजे सुरु हुनेछ ।
दक्षिण एसियाका चार राष्ट्र मात्र सहभागी यस प्रतियोगितामा बुधबार नेपालले अन्तिम खेल भुटानसँग खेल्नेछ ।