काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् भने अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।
आज सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो ।
मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।
हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ साथै संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह समेत गरेको छ ।