Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु


    सोमबार, असोज १० २०७९
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटना हुँदा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ६ जना  सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई मेजर (दुवै पाइलट) सहित छ जना कर्मचारी रहेका पाकिस्तानी सेनाले बताएको छ।

    अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो ।

    ‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार  राति ढिलो दुर्घटनामा परेको थियो । दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । सेनाले यस विषयमा अहिले अनुसन्धानको काम भइरहेको बताएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार