Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडास्थित सरकारको डाटा ‘रिकभरी सेन्टर’मै आगलागी, थप विवरण आउन बाँकी 


    आइतबार, असोज ९ २०७९
    915
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । हेटौंडा-४ को हुप्रचौरमा सरकारी सूचनाहरु ‘ब्याक-अप’ गर्न बनाइएको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पडि्कएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहकाय निर्देशक रमेशप्रसाद पोखरेलले बताए । 

    आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    आगलागी नियन्त्रण गर्न प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए । आगलागी कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।

    रहेको  डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । रहेको  डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार