Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १९ किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ


    आइतबार, असोज ९ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सशस्त्र प्रहरीले भारत नेपालको सिमानाकाबाट नेपाल तर्फ ल्याउँदै गरेको १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले बताए । जटही नाका भएर साइकलमा आउँदै गरेका उनको शरीर चेकजाँच गर्दा चाँदीसहित पक्राउ  गरेको खडकाले जनाए। 

    बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको उनले बताए ।

    थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार