काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज तोलामै एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै,गत शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा पुगेको भाउ आज एक हजार रुपैयाँले नै घटेको हो । तेजाबी सुन भने प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।