काठमाडौँ। मकवानपुरको भीमफेदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट कम्तिमा १ सयमिटर तल खसेको प्रहरीको भनाई छ।
दुर्घटनामा परी घाइते भएका १८ जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक र र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएकाे छ ।