Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महानगरको डोजरले वीर अस्पताल क्षेत्रका अनाधिकृत संरचना हटाउँदै 


    बिहिबार, असोज ६ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले केहि समयदेखि अनाधिकृत संरचना हटाउने अभियान जारी राखेको छ। उक्त अभियान कायम राख्दै आज वीर अस्पताल क्षेत्र वरपर बनेका अनाधिकृत संरचनामाथि महानगरको डोजर चलेको छ। 

    महानगरले अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनाधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरेको हो। 

    डोजर चलाउनु अघि बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र सो क्षेत्रमा रहेका टहराहरु हटाउन भनेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार