Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले भन्यो : डेंगु नियन्त्रणमा सरकार पुरै चुक्यो


    बुधबार, असोज ५ २०७९
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार पुरै चुकेको एवं असफल रहेको  नेकपा एमालेले दाबी गरेको छ।

    एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै डेंगु तीव्र गतिमा फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका छन्।

    एमालेले डेंगुबाट २१ जनाको मृत्यु भएको बताएको छ। 

    ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ। आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

    डेंगीको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गरिएको उनले बताएका छन्।

    308423636_619965209500950_6395040489152637890_n.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार