Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारामा ५० केजी गाँजा बरामद


    बुधबार, असोज ५ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बाराको पचरौता नगरपालिका–२ बिष्णपुरस्थित सडकबाट ५० केजी अवैध लागूऔषध गाँजा मंगलबार बेलुकी प्रहरीले बरामद गरेको छ । 

    हाल नम्बर नखुलेको मोटरसाइकलमा बोरामा राखी नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा उक्त गाँजा प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले बरामद गरेको हो । 

    अपरिचित मोटरसाइकल चालकले बोरा फालेर फरार भएपछि उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

    हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार