Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय कमेडियन राजु श्रीवास्तवको निधन 


    बुधबार, असोज ५ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तवको बुधबार बिहान निधन भएको छ । उनको ५८ वर्षको उमेरमा आज बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

     राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए । तर, झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्रस्थान गरेका छन् ।

    उनको कमेडी शो भारतको सबैभन्दा चर्चित कार्यक्रम हो । उनले मैने प्यार किया, बाजीगर, वाह तेरे क्या कहेना, बाम्बे टु गोवा, आम्दानी अठनी खर्च रुपैयाँ, मै प्रेम की दिवानी हुँ जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार