Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल टेलिभिजनले माग्यो समाचार प्रस्तोता


    बुधबार, असोज ५ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल टेलिभिजनले नेपाली र अंग्रेजी समाचार तथा समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरेको छ।

    उक्त सूचनाअनुसार नेपाली समाचार प्रस्तोता ७ र अंग्रेजी समाचार प्रस्तोता ३ गरी  जम्मा १० जना समाचार प्रस्तोता माग गरिएकाे हो।

    उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई प्रथामिकता दिइने नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ ।

    १० असोजभित्र आवश्यक कागजागतसहित दरखास्त फारम भरी बुझाउन सकिने छ । यसपटक दरखास्त दिने उम्मेदवारले लिखित परीक्षा दिनु पर्दैन । अन्तर्वार्ताबाटै पत्रकार छानिने भएकाे छ

    दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिने छ ।

    Notice-news-anchor.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार