काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा गएराती ८ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार एक जना घाइते भएका छन् ।
नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्री भई डिभाइडरमा ठोक्किएको थियो ।
दुर्घटनामा घाईते भएका दुबैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तँनहुको व्यास नगरपालिका–१ दमौलीका ५० वर्षीय बल बहादुर राईको ज्यान गएको हो ।
यस्तै, पछाडी सवार निजको छोरी १५ वर्षीया सोनी राइको उपचार भइरहेको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ ।