Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्यानमार सेनाले विद्यालयमा गोली चलाउँदा १३ जनाको मृत्यु


    बुधबार, असोज ५ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरबाट गली चलाउँदा कम्तिमा मृत्यु हुने बालबालिकाको संख्या १३ पुगेको छ ।

    आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सेनाले मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ।  सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो ।  

    विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरेकाले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ। 

    गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ। सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन्।  आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ। 

    केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्युभएको थियो।

    सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा बिद्यालय भवनमा गोलीका खोका देखिन्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार