काठमाडौं। आज साताको तेस्रो दिन सुन चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज (मंगलबार ) सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोवार भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो। मंगलबार तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला १ हजार १८० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो।