Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मौसम पूर्वानुमानः चार प्रदेशमा आज वर्षाको सम्भावना


    मंगलबार, असोज ४ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । आज देशभर बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ । 

    बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ । लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ । राति लुम्बिनी लगायत देशका पहाडी भूभागका थोरै स्थान  र बाँकी  भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।  

    बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार