काठमाडौँ। काठमाडौं महानगरपालिकाको टोलीले डोजर साथमै लिएर राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार पनि डोजर चलाएको छ । केही दिनअघि वडा नम्बर १ स्थित जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।
महानगरपालिकाले ३५ दिने सूचना जारी गरेर अतिक्रमित गरेको स्थानहरु हटाउन निर्देशन दिएता पनि टुकुचा अतिक्रमण गरेर बस्नेहरु अटेर गरेको भन्दै सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो ।
महानगरको अभियान बमोजिम टुकुचा खोला क्षेत्रको खोजी भइरहेको मेयर बालेन्द्र साह(बालेन)को सचिवालयले जनाएको छ ।