Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक


    सोमबार, असोज ३ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिव दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिव ५० हजारले बढी हो।

    सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको छ। मन्त्रालयका सहसचिव रघुराम विष्टले आयोगलाई आवश्यक कर्मचारी आयोगले माग गर्नेबित्तिकै पठाउन सकिने बताए।

    उनका अनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगलाई आवश्यक पर्ने कर्मचारीको नाम आयोग पठाइने र सो सङ्ख्याबाट पनि अपुग  भएमा थप जत्ति आवश्यक हुन्छ ती कर्मचारी सरकारले आयोगलाई उपलब्ध गराउने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार